काठमाडौं- सिंगटी हाइड्रो इनर्जीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।
जसअनुसार हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँको १४ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गरिनेछ।
उक्त बोनस सेयर आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया