काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कात्तिक १९ गते दरमखोला हाइड्रोको आईपीओ सूचिकृत भएको छ।
नेप्सेमा दरमखोला हाइड्रोको कुल १ करोड ३ लाख ५ हजार कित्ता सेयर सूचिकृत भएको हो। जसमा संस्थापक समूहको ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) र सर्वसाधारणको ३९ लाख ५० हजार कित्ता (३८.३३ प्रतिशत) रहेको छ।
नेप्से दरमखोला हाइड्रोलाई ‘डीएचईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने कम्पनीले न्यूनतम प्रतिकित्ता १४२.८१ रुपैयाँदेखि अधिकतममा ४२८.४३ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ।
कम्पनीको यो सेयर भोलि बिहीबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ।
भोलि स्पेसल प्रि ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
यो कम्पनीले गत साउन १५ गतेदेखि साउन १९ गतेसम्म सर्वसाधारणलाई बिक्री खुला गरेको आईपीओको बाँडफाँड साउन २९ गते गरिएको थियो।
प्रतिक्रिया