एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, २३ कार्तिक २०८२, १० : १४

काठमाडौं- एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज कात्तिक २३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आज कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँबराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो। जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि र ४ लाख ९७ हजार ९२ कित्ता साधारण सेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले आफ्ना कर्मचारीहरुका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरुका लागि २ लाख ४८ हजार ५४६ कित्ता सेयर सुरक्षित गरी सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता सेयर बिक्री खुला गरेको छ।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

एसवाई प्यानलको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 
आइतबार, २३ कार्तिक २०८२, १० : १४

प्रतिक्रिया