काठमाडौं- शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो।
यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।
प्रतिक्रिया