बुंगल हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेन्ज कति ?

आइतबार, २३ कार्तिक २०८२, १४ : ०८

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुंगल हाइड्रो लिमिटेडको सेयर सूचिकृत भएको छ। आज आइतबार कम्पनीको ८३ लाख कित्ता सेयर सूचिकृत भएको हो ।

सेयर सूचीकृत भएपछि सोमबारबाट कम्पनीको सेयर कारोबार सुरु हुने छ। सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनेछ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.८८ रुपैयाँदेखि ३०२.६४ रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्नेछ। 

कम्पनीको सेयर बीयूएनजीएएल सिम्बलबाट कारोबार हुनेछ।

कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म आम सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो। यो आईपीओ असोज २ गते बिहीबार बाँडफाँड भएको थियो ।
 

 
आइतबार, २३ कार्तिक २०८२, १४ : ०८

प्रतिक्रिया