इन्फिनिक्स नेपालको ‘विग फोन स्मल पेमेन्ट’ अफर सुरु

सोमबार, २४ कार्तिक २०८२, ११ : ०९

काठमाडौं- इन्फिनिक्स नेपालले नयाँ अफर “Big Phones, Small Payments” मार्फत स्मार्टफोन खरिदलाई अझ सहज र सुलभ बनाएको छ।

अब ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना इन्फिनिक्सका शक्तिशाली र स्टाइलिस फोनहरू ०% ब्याजमा किस्ताबन्दीमार्फत लिन सक्नेछन् । यो अफर सबैका लागि प्रिमियम फोनलाई नजिक ल्याउने उद्देश्यले ल्याइएको हो।

गेम खेल्ने र क्रिएट गर्न मन पराउनेका लागि GT Series, अनि दैनिक प्रयोगका लागि बनेका Note 50S र HOT 60 Pro+ इन्फिनिक्सले हरेक प्रयोगकर्ताको लागि आफ्नो मनपर्ने फोन रोज्न सजिलो बनाएको छ।

ग्राहकहरूले झन्झटबिना, सजिलो तरिकाले NPR 10,800 बाट सुरु हुने डाउन पेमेंट र NPR 1,350 सम्मको मासिक किस्ताबाट नयाँ इन्फिनिक्स स्मार्टफोन लिन सक्नेछन् ।

  • HOT 60 Pro+ (8+128) - प्रति महिना NPR 1,350
  • Note 50S (8+256) - प्रति महिना NPR 1,600
  • GT 30 (8+256) - प्रति महिना NPR 1,850
  • GT 20 Pro (12+256) - प्रति महिना NPR 2,400
  • GT 30 Pro (8+256) - प्रति महिना NPR 2,400
  • GT 30 Pro (8+256 with Gaming Kit) - प्रति महिना NPR 2,500
  • GT 30 Pro (12+256 with Gaming Kit) - प्रति महिना NPR 2,700

EMI प्रक्रिया नागरिकता वा राष्ट्रिय परिचयपत्र प्रयोग गरेर गर्न सकिन्छ। नयाँ पुस्तालाई सशक्त बनाउने दिशामा इन्फिनिक्सको लागि यो योजना केवल भुक्तानी सुविधा होइन, सशक्तीकरणको एउटा कदम हो।

ब्रान्डको लक्ष्य सबै उपभोक्तासम्म उत्कृष्ट प्रदर्शन र प्रविधि पुर्‍याउनु हो। “इन्फिनिक्सको शक्ति र डिजाइन सबैले सहज रूपमा अनुभव गर्न सकून् भन्ने हाम्रो चाहना हो,” इन्फिनिक्स नेपालका प्रतिनिधिले भने, “प्रविधि सबैलाई जोड्ने र प्रेरित गर्ने माध्यम बन्नुपर्छ -सीमित गर्ने होइन।”

नेपालभर उपलब्ध इन्फिनिक्सको ०% EMI योजना अहिले देशभरका सबै अधिकृत इन्फिनिक्स विक्रेता र पार्टनर स्टोरहरूमा, प्रमुख वित्तीय संस्थाहरूको सहकार्यमा उपलब्ध छ।

 
सोमबार, २४ कार्तिक २०८२, ११ : ०९

प्रतिक्रिया