साहास ऊर्जाले २२.११ प्रतिशत लाभांश वितरण गर्ने

मंगलबार, २५ कार्तिक २०८२, १० : २७

काठमाडौं- साहास ऊर्जाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २२.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश छन्।

गत वर्ष कात्तिक ४ गते बसेको कम्पनीको साधारणसभाले तत्काल कायम सेयरमा १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो।

अब गत आर्थिक वर्षको बोनस सेयर जारी पनि कायम हुने चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १०० प्रतिशत अर्थात ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँबराबरकै हकप्रद सेयर जारी गर्ने कम्पनीले निर्णय गरेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 
मंगलबार, २५ कार्तिक २०८२, १० : २७

प्रतिक्रिया