काठमाडौं- GWM नेपालले आज प्रतिक्षित TANK सिरिज अन्तर्गत TANK 300 HEV र TANK 500 PHEV लाई औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसले नेपालको प्रिमियम SUV क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।
लक्जरी, प्रदर्शन र दमदार अफ–रोड क्षमताको संयोजनसहित, यस सिरिजले हरेक भू–भागमा आत्मविश्वासका साथ ड्राइभ गर्ने अनुभवलाई नयाँ परिभाषा दिएको छ। TANK ले चीनको Chengdu Auto Show 2021 मा पहिलो पटक प्रस्तुति दिएको थियो र २०२२ मा चीनमा बिक्री सुरु भएपछि ग्राहकहरूको मन जित्न सफल भएको थियो।
हाल यो इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता बजारहरूमा शैली, शक्ति र विश्वसनीयताको प्रतीक बनेको छ। यसले अहिले सम्म अष्ट्रेलिया, मध्य एसिया, ASEAN, मध्यपूर्व र दक्षिण अफ्रिका लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा विस्तार गरी ४ लाखभन्दा बढी युनिट बिक्री गरी अफ–रोड प्रेमीहरूको नयाँ रोजाइ बन्दै आएको छ।
नेपालमा TANK ब्रान्डको प्रवेशले GWM को बजारप्रतिको प्रतिबद्धता मात्र होइन, अफ–रोड संस्कृतिको विकासमा पनि नयाँ अध्याय सुरु गरेको छ। यस ब्रान्डले विश्वव्यापी रूपमा ८७.५९% वार्षिक वृद्धिदर देखाएको छ।
मुख्य विशेषताहरू
नेपालमा TANK 300 र TANK 500 अब उपलब्ध छन् - 2.0L Turbo Petrol HEV र PHEV भेरियन्टमा, 9-Speed अटोमेटिक ट्रान्समिसन (HI4-T) सहित। यी मोडेलहरूले क्रमशः 351 PS Power र 648 NM Torque (HEV) तथा 408 PS Power र 750 NM Torque (PHEV) प्रदान गर्छन् ।
प्रतिक्रिया