काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब दुई महिनासम्म रोकिएको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति प्रक्रिया सुरु गरेको छ ।
कर्मचारी आन्दोलन रोकिएसँगै बोर्डको काम कारबाही सुचारु भएको हो । काम सुरु भएसँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूका लागि आईपीओ निष्कासन सुरु भएको छ ।
मंगलबार सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ । धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।
प्रतिक्रिया