एनआरएन इन्फ्रान्स्ट्रक्चरको ४२ प्रतिशत लाभांश घोषणा

बुधबार, २६ कार्तिक २०८२, ११ : २१

काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ४३ लाख ७२ हजार २८५ रुपैयाँको कुल ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश छन्।

यसैगरी सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते १३ औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको थिरबम सडकस्थित आम्रपाली बैंक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

 
बुधबार, २६ कार्तिक २०८२, ११ : २१

प्रतिक्रिया