काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको ऋणपत्र सूचिकृत भएको छ।
नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचिकृत भएको हो।
नेप्सेमा यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचिकृत भएको छ।
सूचिकृत भएको यो ऋणपत्रको कारोबार भोलि बिहीबारबाट सुरु हुनेछ।
८ वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्।
प्रतिक्रिया