फेदीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

विहीबार, २७ कार्तिक २०८२, १६ : ३०

काठमाडौं- फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले १७ लाख ६० हजार कित्ताको आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि  बिक्री प्रबन्धकमा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

कार्तिक २६ सम्पन्न निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी सम्झौता–पत्रमा फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारीहरु र सर्वसाधारणमा सेयर जारी गर्नेछ ।

भोजपुर जिल्लाको सापाल्पासिलिछो गाउँपालीका वडा नं.६ मा बहने फेदी (थुमलुङ्ग) खोलामा निर्माण भैरहेको ४.३ फेदी (थुमलुङ्ग) जलविद्युत आयोजनाको कुल लागत करिब ९४ करोड रहेको छ । हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको यस आयोजना २०८२ माघ भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीको भनाई छ । 

निमार्ण सम्पन्न र नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया पुरा गरी चाँडै नै आईपीओ निष्कासन गर्ने तयारीमा रहेको प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले बताए  । 

 
 
 
विहीबार, २७ कार्तिक २०८२, १६ : ३०

प्रतिक्रिया