ओप्पो ए६ प्रो प्रि–बुकिङ सुुरु, इन्को बड्स३ प्रो जित्ने मौका

शनिबार, २९ कार्तिक २०८२, १२ : ५९

काठमाडौं- ओपोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६ प्रोको प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ । 

अब ग्राहकहरूले आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै आफ्नो डिभाइस सुरक्षित गर्न सक्नेछन् । प्रि–बुकिङ अवधि कार्तिक २८ देखि मङ्सिर १ गते सम्म सबै ओप्पो अधिकृत खुद्रा पसलहरूमा सञ्चालन हुनेछ । 

अफर अवधिभर ओप्पो ए६ प्रो प्रि–बुक गर्ने रु. ३,४९९  मूल्यका इन्को बड्स३ प्रो जित्ने मौका पाउनेछन् । यो सिमित समयको अफर पहिला ४०० जना भाग्यशाली ग्राहकहरुका लागि मात्र उपलब्ध हुनेछ ।
 
यसमा सहभागी हुन, ग्राहकहरूले नजिकको ओप्पो ए६ प्रो प्रि–बुकिङ सुुरु, इन्को बड्स३ प्रो जित्ने मौकाअधिकारीक बिक्रेतामा गएर प्रि–बुकिङ फारम भर्नुपर्छ । प्रि–बुकिङ पूरा गर्ने पहिलो ४०० ग्राहकहरू स्वतः यो विशेष उपहार अफरका लागि योग्य हुनेछन् ।

ओप्पो ए६ प्रोले स्टाइलिस डिजाइन र शक्तिशाली प्रदर्शनलाई संयोजन गर्दै आजका युवा र गतिशील प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने उद्देश्य राखेको छ । यो स्मार्टफोन मंसिर २ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछ, जसले ओपोको लोकप्रिय ए सिरिजलाई थप मजबुत बनाउनेछ ।

यो प्रि–बुकिङ अफरमार्फत आफ्नो शुरुआती ग्राहकहरूलाई विशेष उपहारसहित अझ उत्साहपूर्ण अनुभव दिन चाहेको ओप्पोले जानकारी दिएको छ । 

ओप्पो विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन “स्माइली फेस” सार्वजनिक गरेदेखि,ओप्पोले डिजाइन र नवप्रवर्तनको संयोजनमा ध्यान केन्द्रित गर्दै आएको छ । 

ओप्पोले हालसम्म ७० भन्दा बढी मुलुकहरूमा ४०,००० भन्दा बढी कर्मचारीहरूसहित सञ्चालनमा छ र स्मार्टफोन, ऋययिचइक् तथा अन्य कनेक्टेड सेवा प्रदान गर्दै विश्वभरका प्रयोगकर्ताहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाइरहेको छ ।

 
शनिबार, २९ कार्तिक २०८२, १२ : ५९

प्रतिक्रिया