काठमाडौं- नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९ प्रतिशतले हुन आउने ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशतले हुन आउने १८ लाख ३८ हजार ८२६.३० रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया