काठमाडौं- एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर साढे २१ लाखभन्दा धेरैले आईपीओका लागि आवेदन दिएका थिए। कम्पनीले प्राप्त आवेदनहरू काटछाँट गरी रीतपूवर्क आवेदन दिएका आवेदकहरूमध्ये ४ लाख ७ हजार ६१५ जनालाई १०/१० कित्ताका दरले आईपीओ बाँडफाँड गरेको छ। यीमध्येबाट ६ जनाले थप १/१ कित्ता गरी ११ कित्ता आईपीओ हात पारेका छन्।
आईपीओको अन्तिम नतिजा मेरो सेयरको वेबसाइट https://iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको वेबसाइट https://www.prabhucapital.com/ipo-allotment ,सीडीएससीको वेबसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ।
प्रतिक्रिया