शिवम् सिमेन्ट्सद्वारा लाभांश घोषणा, मंसिर २५ गते साधारणसभा हुने

सोमबार, ०१ मंसिर २०८२, ११ : ५८

काठमाडौं- शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैठकले मंसिर २५ गते, बिहान साढे १० बजे साधारणसभा बोलाउने निर्णय पनि गरेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुकक्लोज गर्दैछ। यसर्थ मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

 
सोमबार, ०१ मंसिर २०८२, ११ : ५८

प्रतिक्रिया