काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
संस्थापक सेयर बिक्री गर्दा शुरूमा कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीहरूलाई नै प्राथमिकता दिनुपर्ने भएकाले हाल यसमा नेपाल लाइफका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन्।
इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित सेयर रजिष्ट्रार नेपाल लाइफ क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ।
उक्त समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।
प्रतिक्रिया