काठमाडौं- सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक निष्कासन (आईपीओ) को लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
कम्पनीको गत असोजमा सम्पन्न साधारणसभाले ५० करोड (५,००,००० कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको थियो । उक्त निष्कासन प्रक्रियालाई व्यवस्थापन तथा अघि बढाउने जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको हो।
हिमालयन इनर्जी लिमिटेडले कालिन्चोक आयोजना बाहेकका सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति लिएको छ । कम्पनीले निमार्ण गरिरहेको आयोजना “कालिन्चोक जलविद्युत आयोजना” दोलखा जिल्ला कालिन्चोक वडा न.१ थामी गाँउ अवस्थित रहेको छ र सो आयोजना ३ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
प्रतिक्रिया