काठमाडौं- धितोपत्र दलाल व्यवसायीको रुपमा सञ्चालित हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गरेर आफ्नो चुक्ता पूँजी वृद्धि गर्ने तयारी गरेको छ।
पूँजी विस्तारसम्बन्धी विशेष प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १९ गते विशेष साधारणसभा आह्वान गरेको जानकारी दिएको छ।
सभामा कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाउनेछ। हकप्रद जारीपछि कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने परिवर्तन अनुसार प्रवन्धपत्र, नियमावली तथा आवश्यक कागजातहरूमा संशोधन गर्न सक्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि प्रस्तुत हुन तयारी गरिएको छ।
यदि नियामक निकाय वा अन्य सम्बन्धित संस्थाबाट कुनै परिवर्तन, थपघट वा परिमार्जन गर्न निर्देशन आएमा, त्यही अनुसार आवश्यक संशोधन गर्न सक्ने अख्तियारी पनि समितिलाई प्रत्यायोजन गरिनेछ।
प्रतिक्रिया