काठमाडौं- सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज मंसिर ४ गते अन्तिम दिन रहेको छ।
सोल्टी होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोली मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
सोल्टी होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
लाभांश प्रस्ताव पारित गर्न मंसिर २८ गते, आइतबार, त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौंमा ५१ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।
प्रतिक्रिया