काठमाडौं- साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले भोलि मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले मंसिर २४ गते, बुधबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले गत आर्थिक वर्षको साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रद सेयरलाई संशोधन गरी हाल बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रस्ताव पारित गर्दैछ ।
प्रतिक्रिया