काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचिकृत भएको छ। शुक्रबार कम्पनीको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता आईपीओ सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १००.५९ रुपैयाँदेखि ३०१.७७ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ। कम्पनीको सेयर एसएआईएल सिम्बलबाट कारोबार हुने छ।
उक्त सूचिकृत सेयर भोलि आइतबारदेखि कारोबारमा आउनेछ ।
प्रतिक्रिया