इलेक्ट्रो पावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो आवेदन

शनिबार, ०६ मंसिर २०८२, १६ : ११

काठमाडौं- इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ८१ करोड २५ लाख रुपैयाँ बराबरको ८१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति माग गरेको हो। कम्पनीको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

कम्पनीले सिन्धुपाल्चोकमा ४४ मेगावाटको भोटेकोशी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

 
शनिबार, ०६ मंसिर २०८२, १६ : ११

प्रतिक्रिया