काठमाडौं- नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न लागेको १० प्रतिशत लाभांश स्वीकृत गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकबाट मंसिर ५ गते स्वीकृति पाएको हो ।
अब लघुवित्तले आगामी साधारणसभाबाट प्रस्तावित लाभांश पारित गरी सेयरधनीलाई वितरण गर्नेछ ।
प्रतिक्रिया