जनमुक्ति सेना दिवसको अवसरमा जनार्दन शर्माले दिए शुभकामना

सोमबार, ०८ मंसिर २०८२, १७ : ००

काठमाडौं– तत्कालीन नेकपा(माओवादी)द्वारा गठित जनमुक्ति सेना स्थापना दिवसको अवसरमा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले शुभकामना व्यक्त गरेका छन् ।  

सोही जनमुक्ति सेनाको डेपुटी कमाण्डर समेत रहेका शर्माले आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै घाइते र अंगभंग भएकाहरूको उचित सम्मान र सम्मानपूर्ण जीवन यापन गर्नको निम्ति बाँकी कार्यभार पूरा गर्ने संकल्प गरेका हुन् ।

साथै उनले २०५८ साल मंसिर ८ गते जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रुपान्तरणको नयाँ अध्याय सुरु भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘२०५८ साल मंसिर ८ गते जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रुपान्तरणको नयाँ अध्याय शुरु भयो। यो दिवस जनयुद्धका मूल्य, शहीदहरूको बलिदान र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक हो। शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते एवम्  अंगभंग भएकाहरूको उचित सम्मान र सम्मानपूर्ण जीवन यापन गर्नको निम्ति बाँकी कार्यभार पूरा गर्ने संकल्प सहित परिवर्तनका लागि समर्पित सबै योद्धाहरू प्रति सम्मान जाहेर गर्दछु। 

 
सोमबार, ०८ मंसिर २०८२, १७ : ००

प्रतिक्रिया