सिंगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने

मंगलबार, ०९ मंसिर २०८२, ११ : ५७

काठमाडौं- सिंगटी हाइड्रो इनर्जीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्तापुँजीका १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। 

उक्त हकप्रद सेयरबाट संकलित रकमले कम्पनीको ऋण चुक्ता गर्ने निर्णय पनि बैठकले गरेको छ।

उक्त निर्णय अनुमोदनका लागि आगामी साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

 
मंगलबार, ०९ मंसिर २०८२, ११ : ५७

प्रतिक्रिया