काठमाडौं- श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले ६.४० प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३१ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया