काठमाडौं- एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ ।
यी दुवै कम्पनीले भोलि मंसिर ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।
एनआरएनले चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारितका लागि पुस ४ गते काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे १३ औं वार्षिक साधारणसभा बस्दैछ।
त्यस्तै, शिवम् सिमेन्टले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि मंसिर २५ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजेदेखि १०औं वार्षिक साधारणसभा बस्दैछ।
प्रतिक्रिया