नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधियुक्त ड्रिलिङ मेशिन सार्वजनिक

बुधबार, १० मंसिर २०८२, ११ : ४९

काठमाडौं- निर्माण तथा खानी उपकरणका आधिकारिक वितरक एक्सप्लोर अर्थमुभर्स प्रालिले अत्याधुनिक प्रविधियुक्त UNIROC WD581 ड्रिलिङ रिग लाई पहिलो पटक नेपालमा सार्वजनिक गरेको छ ।

UNIROC WD581 आधुनिक प्रविधि, उच्च क्षमता डिजाइन सहित निर्माण, खानी र क्वारी क्षेत्रमा प्रयोगका लागि तयार गरिएको छ । बलियो बनावट, उन्नत नियन्त्रण प्रणाली उच्च इन्धन दक्षता तथा उत्पादन क्षमताले यस उपकरणको प्रयोग कठिन भू–भागमा समेत अनुकुल रहेको छ ।

Advertisement कम्पनीका प्रतिनिधिले भने– “हामीले पहिलो पटक नेपालमा Explore Earth Movers Pvt. Ltd.  प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी छौं । यो नवीनतम प्रविधिले नेपालको निर्माण र खानी उपकरण क्षेत्रलाई नयाँ स्तरमा पुर्‍याउनेछ । यसको उत्कृष्ट प्रदर्शन, इन्धन दक्षता र भरपर्दो पनले देशको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।”

UNIROC WD581 मा शक्तिशाली इन्जिन, उन्नत हाइड्रोलिक प्रणाली र चालकमैत्री नियन्त्रण प्यानल जडान गरिएको छ, जसले उच्च सटीकता र कम इन्धन खपत सुनिश्चित गर्छ । नेपालको विविध भौगोलिक अवस्थालाई मध्यनजर राख्दै डिजाइन गरिएको यो उपकरणले सञ्चालनमा सुरक्षाको उच्च मापदण्ड रहेको छ ।

यस मेसिन सार्वजनिकसँगै Explore Earth Movers Pvt. Ltd. ले नेपालमा आधुनिक, दिगो र प्रविधियुक्त मेसिनरी प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ, जसले देशको पूर्वाधार विकासमा द्रुत टेवा पुर्‍याउने बताइएको छ ।

 
बुधबार, १० मंसिर २०८२, ११ : ४९

प्रतिक्रिया