कालिञ्चोलक दर्शनको लाभांश घोषणा

विहीबार, ११ मंसिर २०८२, १० : ३२

काठमाडौं- कालिञ्चोक दर्शनले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६० करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ नगद लाभांश छन्।

प्रस्तावित लाभांश आगामी ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 
विहीबार, ११ मंसिर २०८२, १० : ३२

प्रतिक्रिया