मंसिर १७ गते नवगठित उज्यालो नेपाल पार्टी घोषणा हुने

शुक्रबार, १२ मंसिर २०८२, १४ : २१

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ संरक्षक रहेको नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो।

काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा। राजु थापाले बताए। घोषणा सभाको प्रमुख वक्ता पार्टीको संरक्षक रहेका घिसिङ हुनेछन् ।

 
शुक्रबार, १२ मंसिर २०८२, १४ : २१

प्रतिक्रिया