बुद्ध एयरको जहाज चरासँग ठोकियो

शनिबार, १३ मंसिर २०८२, १६ : ४२

काठमाडौं- बुद्ध एयरको जहाज चरासँग ठोक्किएको छ । शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।

उडान संख्या ६१७ रहेको बुद्ध एयरको 9N-AOC जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएको छ ।

जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।

 
 
शनिबार, १३ मंसिर २०८२, १६ : ४२

प्रतिक्रिया