काठमाडौं- रिभर फल्स पावर लिमिटेडले १० लाख ३८ हजार ९२४ अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ।
कम्पनीले अवितरित हकप्रद सेयर कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको थियो ।
बिक्री अवधिभर परेका बोलपत्रहरू मंसिर ८ गते खोली आवेदकहरूको आवश्यक प्रशोधन गरी मंसिर १४ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो।
बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ३१८.१० रुपैयाँ निर्धारण भएको छ। यस मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ।
साथै बाँडफाँडमा सेयर नपाएकाहरूको रकम आज मंसिर १५ गतेदेखि आवेदकले आवेदन फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत् रकम फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया