सालपा विकास बैंकको पहिलो चरणको आईपीओ गर्दै मंसिर २५ गतेदेखि निष्कासन हुने

मंगलबार, १६ मंसिर २०८२, ११ : २४

काठमाडौं- सालपा विकास बैंकले यही मंसिर २५ गतेदेखि पहिलो चरणको आईपीओ जारी गर्ने भएको छ।

बैंकले पहिलो चरणमा सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८० कित्ताको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गर्न लागेको हो।

वैदेशिक रोजगारमा रहेका नेपालीले आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा आईपीओ निष्कासन अवधि पुस १० गतेसम्म लम्बिन सक्छ।

यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ।

दोस्रो चरणमा बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०।५० प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १४ लाख ३९ हजार ११९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

 
मंगलबार, १६ मंसिर २०८२, ११ : २४

प्रतिक्रिया