नेप्सेमा दुई बैंकको ४९ लाख ५८ हजार कित्ता बोनस सेयर सूचिकृत

मंगलबार, १६ मंसिर २०८२, १७ : ०१

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४९ लाख ५८ हजार ३ सय ८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । 

नेप्सेमा आज एक वाणिज्य बैंक र एक विकास बैंकको बोनस सेयर आज सूचिकृत भएको हो ।

आज माछापुच्छ्रे बैंकले सेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको ४६ लाख ४८ हजार ५ सय ४३ कित्ता सेयर र ग्रीन डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई प्रदान गरेको ५.७५ प्रतिशत बोनस बापतको ३ लाख ९ हजार ७ सय ६५ कित्ता सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
 

 
मंगलबार, १६ मंसिर २०८२, १७ : ०१

प्रतिक्रिया