नेप्सेमा माउन्टेन इनर्जी र सुपर मादीको सेयर मूल्य समायोजन

बुधबार, १७ मंसिर २०८२, १० : २७

काठमाडौं- साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले माउन्टेन इनर्जी लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ।

माउन्टेन इनर्जीको २० प्रतिशत बोनस सेयर र सुपर मादीको ५ प्रतिशत बोनस सेयर बापत मूल्य समायोजन भएको हो। मंगलबार दोस्रो बजारमा माउन्टेन इनर्जीको प्रतिकित्ता ६६९ रुपैयाँमा र सुपर मादीको प्रतिकित्ता ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

नेप्सेले यही अन्तिम कारोबारको रकमलाई आधार मानेर मूल्य समायोजन गरेको हो। मूल्य समायोजनपछि माउन्टेन इनर्जीको सेयर प्रतिकित्ता ५७७.५० रुपैयाँ र सुपर मादीको ७२२.८६ रुपैयाँ कायम भएको छ।

कम्पनीहरूको यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ।

 
बुधबार, १७ मंसिर २०८२, १० : २७

प्रतिक्रिया