भिजन लुम्बिनी ऊर्जाले लाभांश वितरण नगर्ने

बुधबार, १७ मंसिर २०८२, ११ : ३४

काठमाडौं- भिजन लुम्बिनी ऊर्जा कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। जसअनुसार सेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि बोनस सेयर वा नगद लाभांश पाउने छैनन्।

उक्त आर्थिक वर्षको आर्थिक विवरण स्वीकृतिका लागि आगामी वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ।

 
बुधबार, १७ मंसिर २०८२, ११ : ३४

प्रतिक्रिया