होटल सब्रिनाले आईपीओ ल्याउने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

बुधबार, १७ मंसिर २०८२, ११ : ४७

काठमाडौं- होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

होटलले मंसिर १६ गते मंगलबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आईपीओ अनुमति मागेको हो।

धितोपत्र बोर्डबाट अनुमति पाएपछि  होटल सब्रिनाले ४७ करोड ४ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ४ हजार कित्ता आईपीओ जारी गर्नेछ।

होटल सब्रिनाको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

 
बुधबार, १७ मंसिर २०८२, ११ : ४७

प्रतिक्रिया