शेरबहादुर तामाङद्वारा एमाले उपमहासचिवमा उम्मेदवारी घोषणा

विहीबार, १८ मंसिर २०८२, १४ : ५८

काठमाडौं– नेकपा(एमाले)का नेता शेरबहादुर तामाङले पार्टीको एघारौं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्दै उनकै प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा नेतृत्वका लागि अध्यक्ष ओली र अर्का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुन लागेको छ । 

नेता तामाङले भनेका छन्, ‘११ औं महाधिवेशनमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबेदारी रहन्छ ।  

विहीबार, १८ मंसिर २०८२, १४ : ५८

प्रतिक्रिया