काठमाडौं- अत्याधुनिक सुविधासहित निर्माण गरिएको ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले महानगरको नयाँ प्रशासनिक भवन उद्घाटन गरेका हुन् ।
अत्याधुनिक सुविधासहित निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी र अपाङ्गता-मैत्री रहेको महानगरले जनाएको छ । करिब ५३ करोड लागतमा बनेको नयाँ भवनको क्षेत्रफल ५० हजार वर्ग फिट रहेको छ ।
कार्यक्रममा ललितपुरका जनप्रतिनिधि, स्थानीय अगुवादेखि समाजसेवीसम्मको सहभागिता रहेको थियो ।
प्रतिक्रिया