आयोजना प्रभावित स्थानीयले सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

आइतबार, २१ मंसिर २०८२, १० : २४

काठमाडौं- सोलु हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ पर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्कासन बन्द भइसकेको छ। अब आयोजना प्रभावित स्थानीयका लागि आज साँझ बैंकिङपछि आईपीओ जारी अवधि बन्द हुने भएको हो।

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता आईपीओ जारी गर्न अनुमति दिएको छ। पहिलो चरणमा कम्पनीले सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको १ करोड कित्तामध्ये आयोजना अतिप्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को बासिन्दाका लागि ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अतिप्रभावित वडाबाहेक अन्य वडालाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन ग्लोबल आइएमई बैंकको सल्लेरी र सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले र सोलुखुम्बु शाखा तथा आयोजनास्थल तिंगलामा दिन सकिन्छ।

सोलु हाइड्रोको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।

 
आइतबार, २१ मंसिर २०८२, १० : २४

प्रतिक्रिया