नेपालमा हिरो जुम ११० को नयाँ भेरियन्ट बिक्री सुरू

आइतबार, २१ मंसिर २०८२, १० : ५८

काठमाडौं- नेपाली बजारमा हिरो जुम ११० स्कुटरको नयाँ भेरियन्ट बिक्री सुरू भएको छ ।

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सीजी मोटर्सले हिरो जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू नयाँ भेरियन्टको बिक्री सुरू गरेको हो ।

कम्पनीले जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू भेरियन्टको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ ।

कम्पनीले हिरो जुम ११० स्कुटरको कम्ब्याट बीएस ६ ओबीडी टू टप भेरियन्टका रूपमा नेपालमा ल्याएको हो ।यससँगै अब नेपालमा हिरो जुम ११० स्कुटर चार भेरियन्टमा उपलब्ध भएको छ ।

यसअघि नेपालमा हिरो जुम ११० स्कुटरको कम्ब्याक्ट एडिसन, जेड एक्स डिस्क र भीएक्स ड्रम गरी तीन भेरियन्ट बिक्री हुँदै आएको छ ।

जसमा भीएक्स ड्रम भेरियन्टको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ, जेडएक्स डिस्कको २ लाख ६४ हजार ९०० रुपैयाँ र कम्ब्याट एडिसनको २ लाख ७१ हजार ९०० रुपैयाँ रहेको छ ।

यस स्कुटरमा आई थ्री एस टेक्नोलोजी, एसआई इन्जिन, चार्जिङ पोर्ट, अन्डर सिट स्टोरेज, डिस्कब्रेक, फ्रन्टमा टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बार, रियरमा स्प्रिङ लोडेड हाइड्रोलिक ड्याम्पर र अलोय ह्वील छ ।

जुम स्कुटरमा ११०.९ सीसी, सिंगल सिलिण्डर, एयर कुल्ड, फोर स्ट्रोक एफआइ इन्जिन दिएको छ ।

 
आइतबार, २१ मंसिर २०८२, १० : ५८

प्रतिक्रिया