रिलायन्स स्पिनिङको आईपीओ आधा घण्टामै ‘ओभर सब्सक्राइभ’

सोमबार, २२ मंसिर २०८२, १२ : ११

काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ । 

कम्पनीले आज सोमबारदेखि वैदेशिक रोजगारीमा गएकाहरूको लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता सेयर निष्कासन गरेको छ । आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरूको लागि मङ्सिर २५ बिहीबारसम्म आवेदन दिन सक्नेछन् ।

 
सोमबार, २२ मंसिर २०८२, १२ : ११

प्रतिक्रिया