तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश दिने

मंगलबार, २३ मंसिर २०८२, ११ : ३७

काठमाडौं- जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोडमा परेर बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय होटल्सले पुस २३ गते गर्न लागेको साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

 
मंगलबार, २३ मंसिर २०८२, ११ : ३७

प्रतिक्रिया