रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासनको अनुमति

मंगलबार, २३ मंसिर २०८२, १६ : ०८

काठमाडौं- नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ ।

कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सयर निष्काशन गर्ने अनुमति पाएको हो। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यस कम्पनीले गोरखा र लमजुङमा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० माघदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।

 
मंगलबार, २३ मंसिर २०८२, १६ : ०८

प्रतिक्रिया