काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले सेयरधनीहरुलाई उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
यो नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया