काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्रीको लाभाश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
कम्पनीले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा दाङको घोराही–१४ भरतपुरमा रहेको होटल पौवामा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५२६३ प्रतिशत नगद लाभांश छन्।
कम्पनीले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १ः०.७५ अनुपातमा अर्थात ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। बोनस सेयर र हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी ८ अर्ब ७९ करोड २७ लाख ९४ हजार ९७२.५० रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
प्रतिक्रिया