प्रचण्डले दिए २३औं विश्व पर्वत दिवसको शुभकामना

विहीबार, २५ मंसिर २०८२, १० : ४८

काठमाडौं– २३औँ विश्व पर्वत (माउन्टेन) दिवसको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वतीय प्रकृति, जल–जंगल तथा बस्ती बचाउन राज्य र अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।

प्रचण्डले शुभकामना सन्देश जारी गर्दै हिमाल–पहाडको जीवन, जैविक विविधता र मानव सभ्यताको अस्तित्व जलवायु परिवर्तनका कारण तीव्र गतिमा संकटमा परेको उल्लेख गरेका छन्। उनका अनुसार, तापमान वृद्धि, हिमनदीको पग्लन, पहिरो–डुबान तथा पानीको संकटले पर्वतीय क्षेत्रका जनजीवन र कृषि प्रणालीमा गम्भीर असर पारिरहेको छ।

उनले ‘पर्वत, मानिस र जलवायु’ भन्ने अन्तर्राष्ट्रिय दिवसको नाराले नेपालजस्ता पर्वतीय राष्ट्रलाई अझै बढी जिम्मेवारी बोध गराएको बताए। प्रचण्डले मुलुकका हिमाली तथा पहाडी जिल्लामा जलवायु परिवर्तनका कारण देखिएको जोखिमलाई कम गर्न दीर्घकालीन, वैज्ञानिक र समन्वित योजना आवश्यक रहेको बताए।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘जल, जंगल र खाद्य सुरक्षाका लागि पर्वत अत्यन्त महत्त्वपूर्ण छन्। पर्वतीय भौगोलिक संकटलाई समाधान गर्न जलवायु न्याय र पर्वत संरक्षण अन्तर्राष्ट्रिय एजेन्डामा प्राथमिकताका साथ राखिनु पर्नेछ।’

prachand bigyapti

 

 
 
 
विहीबार, २५ मंसिर २०८२, १० : ४८

प्रतिक्रिया