काठमाडौं- सुख्खा र चिसो मौसम सुरु भएसँगै देशभर आगलागीका घटना बढ्दै गएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, एक महिनाको अवधिमा आगलागीका कारण ८ जनाले ज्यान गुमाएका छन् भने ५५ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार मिति २०८२ कार्तिक २५ गतेदेखि मंसिर २६ गतेसम्म देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा मानवीय क्षति भएको हो।
यसैबीच प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया