काठमाडौं- वैदेशिक रोजगारमा रहेका नेपालीले सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज मंसिर २९ गते अन्तिम दिन रहेको छ।
बैंकले गत मंसिर २५ गतेदेखि पहिलो चरणको सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८० कित्ताको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो।
यो आईपीओमा आज बैंकिङसम्म आवेदन दिन सकिनेछ।
यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाट समेत आवेदन दिन सकिनेछ।
दोस्रो चरणमा बैंकले ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशतले हुन आउने २६ हजार ११९ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १४ लाख ३९ हजार ११९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।
प्रतिक्रिया